दशकौ देखी दर्शकको मन जितेका गायक अविनाश घिसिङले ल्याए ‘लाइसेन्स ठेक्का’

Monday, December 10, 2018

दशकौ देखी दर्शकको मन जितेका गायक अविनाश घिसिङले ल्याए ‘लाइसेन्स ठेक्का’


दशकौ देखी दर्शकको मन जितेका गायक अविनास घिसिङको लाइसेन्सको ठेक्का (डम्फू) बोलको गीत सार्वजनिक भएको छ ।
 युट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीतमा अविनाशसँगै गायिका मुना पाख्रिनले स्वर भरेकी छन् । गीतमा शब्द तथा संगीत अविनास र मुनाले रचेका हुन् । गायक भरत सिटौलाको निर्देशनमा तयार भएको  सो गीतको भिडियोमा अविनास र मान्सी लामाले अभिनय गरेका छन् ।
राजिव समरको नृत्य निर्देशित भिडियो अनिल के. मानन्धरले छायांकन र सुप्रिम पराजुलीले सम्पदान गरेका हुन् । घिसिङको यसअघि ' सुनको बाला ' , ‘कलकत्ते काँइयो’ लगायत थुप्रै गितहरु चर्चित बनेको थियो । गीतलाई छोटो समयमै दर्शक स्रोताले रुचाएको गायक घिसिङको भनाइ छ । यो समाचार तयार पार्दा सम्म गितले लगभग ५० हजार भ्युज पाईसेको छ । गायक अविनाश घिसिङलाई हाम्रो तर्फबाट पनि शुभकामना 
हेरौ पुरा भिडियो